Sunday, September 2, 2012
"मेरो नेपाल"
----------------
कवि. प्रार्थना कर्माचार्य
----------------
हाम्रो देश, हाम्रो संविधान
बन्ने कहिले हाम्रो पहिचान ?
जब–जब जाग्छन् वीर नेपाली
तब–तब हुन्छ हाम्रो कल्याण ।
अखण्ड र शान्त हाम्रो नेपाल
चिनिन्थ्यो विश्वमा रही बलवान ।
बुद्ध र भृकुटीको देश नेपाल
खै के भयो ? कहाँ गयो यसको शान ?
लोभ र लालचले डुबाइसक्यो
हाम्रो नेपाल हराइसक्यो ।
जाति जातिमा विभाजित भयो
पृथ्वीनारायण शाहको फूलबारी यो ।
के भयो हामीलाई ?
किन यस्तो अप्ठ्यारो ?
किन भयो हामीलाई गरिखान गाह्रो ?
बन्द र द्वन्द्वले नै मार्यो,
शान्त नेपालको चाहना प्यारो ।
शान्ति र स्नेहको बाटो त्यागौँ
भयो हामीलाई हिंसा नै प्यारो ।
के यही हो शान्त नेपालको चाहना ?
कि हो यो आक्रोशित जनताको भावना ?
Subscribe to:
Post Comments (Atom)
Unicode ma sarai ramro/sajilo hunthyo padna. Kavita ramro 6a. Badhai.
ReplyDelete"मेरो नेपाल"
----------------
कवि. प्रार्थना कर्माचार्य
----------------
हाम्रो देश, हाम्रो संविधान
बन्ने कहिले हाम्रो पहिचान ?
जब–जब जाग्छन् वीर नेपाली
तब–तब हुन्छ हाम्रो कल्याण ।
अखण्ड र शान्त हाम्रो नेपाल
चिनिन्थ्यो विश्वमा रही बलवान ।
बुद्ध र भृकुटीको देश नेपाल
खै के भयो ? कहाँ गयो यसको शान ?
लोभ र लालचले डुबाइसक्यो
हाम्रो नेपाल हराइसक्यो ।
जाति जातिमा विभाजित भयो
पृथ्वीनारायण शाहको फूलबारी यो ।
के भयो हामीलाई ?
किन यस्तो अप्ठ्यारो ?
किन भयो हामीलाई गरिखान गाह्रो ?
बन्द र द्वन्द्वले नै मार्यो,
शान्त नेपालको चाहना प्यारो ।
शान्ति र स्नेहको बाटो त्यागौँ
भयो हामीलाई हिंसा नै प्यारो ।
के यही हो शान्त नेपालको चाहना ?
कि हो यो आक्रोशित जनताको भावना ?